अस्ट्रेलियामा कार दुर्घटना : नेपालीमुलका चालकसहित चार जनाको मृत्यु

अस्ट्रेलियामा कार दुर्घटना : नेपालीमुलका चालकसहित चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ माघ २०८१
  • 5.4K
    Shares

पोखरा , ३ माघ २०८१।

अस्ट्रेलियामा कार दुर्घटना हुँदा नेपाली मूलका चालकसहित चार जनाको मृत्यु भएको छ। पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले गलत दिशाबाट चलाएका कारण कार ट्याक्सीसँग ठोक्किन पुगेको समाचार संस्था सेभेन न्युजले जनाएको छ।

ठक्करका कारण ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा चालकसहित ८१ वर्षीया आमा र ५६ वर्षीया छोरी सवार थिए।

सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए। दुर्घटनास्थलबाट दुई किलोमिटर दुरीमा बस्ने उनका श्रीमती र सन्तान छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार