पोखरा , २ माघ २०८१। पूर्व उपप्रधान एबम गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ ।
सोमबार बहस नसकिएपछि र मंगलवार सार्वजनिक बिदाको कारण रविलाई प्रहरीको जिम्मा लगाइएको थियो ।
आज थुनछेक बहस सकिने हुदा रविलाई धरौटीमा छोड्ने या थुनामा पठाउने भनेर आदेश आउने बताइएको छ ।