पोखरा, १, माघ २०८१।
भारतबाट अपहरणमा परेका १५ वर्षीय एक किशोरलाई प्रहरीले सर्लाहीबाट अपहरणमुक्त गरेको छ।
भारतबाट अपहरण गरी ल्याएर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ मा बन्धक बनाएर राखिएका १५ वर्षीय किशोरलाई प्रहरीले अपहरणमुक्त गरेको हो।
अपहरणपश्चात बन्धक बनाई फिरौती मागिरहेको उजुरी प्रहरीमा परे पछि ती किशोरलाई अपहरणमुक्त गर्न प्रहरी पुगेको थाहा पाउनासाथ बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाइकल चढेर भाग्दै गरेका ब्रह्मपुरी गाउँपालिका–४, निवासी ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवानलाइ प्रहरीले आजै पक्राउ गरेको थियो भने सोही घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साहलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, गोली दुई राउन्ड, एक थान मोबाइल सेट, धारिलो सानो चक्कु र हतौडा एक÷एक थान बरामद गरेको प्रनाउ श्रेष्ठले बताए।
पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई प्रहरीले पक्राउ गरेको हो।
अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।