पोखरा, २८ पुस २०८१
प्युठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। रोल्पाबाट दाङको भालुवाङ तर्फ आउँदै गरेको भे १ ज ७३४ नम्बरको सुमो जिप आइतबार दिउँसो १:४० बजे प्यूठानको माण्डबी गाउँपालिका – ३ अरुण खोला नजिकै दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , उक्त दुर्घटनामा परेर चालक कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाका २५ वर्षीय विजय कौशोधनको अवस्था गम्भीर छ। उनलाई टाउकोमा चोट खेपेका उनको अचेत अवस्थामा उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश वस्यालले जानकारी दिए।
दुर्घटनाका घाइतेमध्ये रोल्पाको सुनछहरी गाउँपालिका – १ का ८० वर्षीय खलवीर घर्ती, सोही ठाउँकी ७६ वर्षीया चम्फा घर्ती र झापाको दमक नगरपालिका – ८ का ३८ वर्षीय उमानाथ भट्टराइको अवस्था मध्यम छ।अन्य सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
भे १ ज ७३४ नम्बरको सुमो जिप अनियन्त्रित भइ सडकको दायाँ साइडको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , सल्यानको कालिमाटी गाउँपालिका १ घर्ती गाउँमा गाडी दुर्घटना भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।