पोखरामा रक्सी खाएर स्कुल बस चलाउने चालक र क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने स्कुल बसलाई कारबाही :

पोखरामा रक्सी खाएर स्कुल बस चलाउने चालक र क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने स्कुल बसलाई कारबाही :


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०८१
  • 96.6K
    Shares

पोखरा,२४ मंसीर २०८१।

पोखरामा रक्सी खाएर स्कुल बस चलाउने चालक र क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने स्कुल बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

पोखरा नगरभित्र संचालित स्कुल बसहरुको अनुगमन एवं चेकजाँच गर्ने क्रममा आज पोखरामा रक्सी खाएर स्कुल बस चलाउने चालक र क्षमता भन्दा बढी बिद्यार्थी बोक्ने स्कुल बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

स्कुलबसहरुबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जिल्ला कास्की पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा स्कुलबसहरुलाई लक्षित गरी ३५ वटा स्कुल बसहरुको अनुगमन एवं चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी बरिष्ठ नायब निरिक्षक शिव पाठकले जानकारी दिए।

अनुगमनका क्रममा क्षमता भन्दा बढी बिद्यार्थीहरु राखी सवारी संचालन गरेका सवारी साधनलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने सवारी चालकहरुलाई समेत आवश्यक कारवाही गरी सडक सुरक्षा सम्बन्धमा सम्झाई बुझाई गरिएको प्रहरी बरिष्ठ नायब निरिक्षक पाठकले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार