बिहेको सामान बोकेको ट्रयाक्टर लमजुङमा एकाबिहानै दुर्घटनाग्रस्त : सहचालकको मृत्यु

बिहेको सामान बोकेको ट्रयाक्टर लमजुङमा एकाबिहानै दुर्घटनाग्रस्त : सहचालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०८१
  • 9.9K
    Shares

पोखरा,२४ मंसीर २०८१।

बिहेको सामान लिएर हिडेको ट्रयाक्टर आज एकाबिहानै लमजुङमा पल्टिदा सहचालकको मृत्यु भएको छ।
बिहेको सामान लिएर बेसिशहर बाट ताराचोक तर्फ जाँदै गरेको ग १ त ६१४१ नं को ट्याक्टर लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ६ ठुलिबेसीस्थित भित्री सडक खण्डमा आज बिहान करीब पुअने चार बजे सडकबाट पल्टिदा सोगी ट्रयाक्टरका सहचालकको मृत्यु भएको हो।

उक्त ट्रयाक्टर दुर्घटनामा परेर लमजुङ दुधपोखरी गाउँपालिका वडा नं २ भुम्लिचोक घर भएका २५ वर्षीय सहचालक मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

सडकदेखि अन्दाजी १५ मिटर तल खसेर ट्रयाक्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। उक्त दुर्घटना भए पछि आबश्यक अनुसन्धानका लागि भन्दै प्रहरीले धादिङ बेनीघाट गाउँपालिका वडा नं ६ घर भएका ट्रयाक्टर चालक २८ वर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ.

प्रतिक्रिया
सम्बन्धित समाचार