बाजुरामा स्कर्पिओ जिप दुर्घटना : शिक्षिकासहित दुई जनाको मृत्यु , तीन जना घाइते

बाजुरामा स्कर्पिओ जिप दुर्घटना : शिक्षिकासहित दुई जनाको मृत्यु , तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०८१
  • 5.5K
    Shares

पोखरा,२४ मंसीर २०८१।

बाजुराको सदरमुकाम मार्तडीमा आइतबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।भने अन्य तीन जना घाइते भएका छन्।

मालिका मन्दिर दर्शन गरेर फर्किने यात्री बोकेर सदरमुकाम मार्तडी आउदै गरेको सुपप्र ०१००१ च ४३१६ नम्बरको स्कारपियो जिप आइतबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्।

उक्त दुर्घटनमा परेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै र भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतक भट्ट शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टकी श्रीमती हुन्। अर्की मृतक पन्त पनि भट्टकै आफन्त पर्छन्। उनका श्रीमान लोकेन्द्र पन्त दुर्घटनामा परेर घाइते भएका छन्।

पन्त दम्पती शिक्षक हुन्। लोकेन्द्र भीमदत्त नगरपालिकाको ओदालीस्थित बीपी कोइराला आधारभूत विद्यालयमा शिक्षण गर्छन्। पत्नी गायत्री एक निजी विद्यालयमा पढाउँथिन्। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख भट्ट भर्खरै डोटीबाट सरुवा भएर बाजुरा गएका थिए। घाइते शिक्षक लोकेन्द्रले एक दिनअघि मात्रै बाजुराको बिरेखोला झरनामा तस्बिर कैद गरेर सामाजिक सञ्जालमा राखेका थिए।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का मोहनदेव भट्ट र बाजुराको गौमूल गाउँपालिका–४ का २५ वर्षीय रमेश धामी पनि घाइते भएका छन्।

जिप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार