पोखरा,२३ मंसीर २०८१।
सप्तरीको राजविराजसहित एक अस्पतालका कर्मचारी खेलकुद विकास समितिको भवनमा रहेको झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका छन्।
राजविराजकै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन्।
छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुर घर भएका झा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए ।
उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दुरीमा पर्छ । झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले अस्पतालका कर्मचारी झा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए । उनले घटना शङ्कास्पद रहेको र थप अनुसन्धान भइरहेको बताए ।