पोखराबाट पक्राउ परेकी जिसी पर्वत कारागार चलान

पोखराबाट पक्राउ परेकी जिसी पर्वत कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०८१
  • 5.6K
    Shares

पोखरा,२२ मंसीर २०८१।

पोखराबाट पक्राउ परेकी एक महिला पर्वत जिल्ला कारागार चलान भएकी छिन।

पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट मंगलबार पक्राउ परेकी बाग्लुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाकी ३५ वर्षीया कोकिला जि.सी. पर्वत जिल्ला कारागार चलान भएकी हुन् ।

उनी पर्वत जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ। अख्तर मियाले दिएको चेक अनादर मुद्दामा पर्वत् जिल्ला अदालतबाट दोषी ठहर भै दुई वर्ष कैद सजायं भएको प्रहरीले बताएको छ।

अदालतले दोषी ठहर गरी जरिवाना समेत तोकेको अवस्थामा फरार रहेकी जिसीलाई जिल्ला प्रहरी कार्यालय पर्वत र कास्कीबाट खटिएको संयुक्त टोलीले पोखराको रानीपौवाबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पोखराबाट पक्राउ परेकी जिसीलाई फैसला कार्यान्बयन गर्नका लागि पर्वत जिल्ला अदालतमा पेश भएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार