सुर्यदर्शन सहकारी ठगी प्रकरण : कतार उड्नै लाग्दा गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिए

सुर्यदर्शन सहकारी ठगी प्रकरण : कतार उड्नै लाग्दा गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ मंसिर २०८१
  • 9.1K
    Shares

सूर्यदर्शन सहकारी

पोखरा,२१ मंसीर २०८१।

सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका पोखरास्थित सूर्यदर्शन सहकारीका एक जना साधारण सदस्य काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ परेका छन्।

पोखरा घर भएका सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ कतार जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार