धनुषामा शिरछेदन गरेर युवतीको बिभत्स तरीकाले हत्या : नग्न अवस्थामा भेटियो शब

धनुषामा शिरछेदन गरेर युवतीको बिभत्स तरीकाले हत्या : नग्न अवस्थामा भेटियो शब


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ मंसिर २०८१
  • 5.7K
    Shares

पोखरा,२१ मंसीर २०८१।

धनुषामा शिरछेदन गरिएको अवस्थामा एक युवतीको बिभत्स तरीकाले हत्या गरिएको छ। धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको शिरछेदन गरेर हत्या भएको हो ।

प्रहरीका अनुसार , शीरछेदन भएको नग्न अवस्थाको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ भने उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।

मृतकका कान्छो छोराका अनुसार मंगबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार