काठमाण्डौबाट कमल थापा पक्राउ : पोखरा ल्याइयो

काठमाण्डौबाट कमल थापा पक्राउ : पोखरा ल्याइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ मंसिर २०८१
  • 6.4K
    Shares

पोखरा,२१ मंसीर २०८१।

काठमाण्डौबाट कमल थापा पक्राउ परेका छन्। बागलुङको गलकोट नगरपालिका वडा नं. २ स्थायी ठेगाना भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा बस्दै आएका थापालाई प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो।

काठमाण्डौ महानगरपालिका वडा नं.४ सुकेधाराबाट पक्राउ परेका थापालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

४० वर्षीय उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा चेक अनादर सम्बन्धि मुद्दा रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार