पोखरा,१७ असोज २०८१।
सेवाग्राही र कानुनी व्यवसायीसँग कुरा गर्दै भिडको मौका छोपेर अदालतभित्रै मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आरोपमा प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्रीलाइ पक्राउ गरेको हो।
अदालतभित्रै मोबाइल चोरी हुने गरेको गुनासो आएपछि प्रहरीले शंकास्पद रूपमा बारको गेटबाट आरोपी प्रवेश गरेपछि फलो गरेको थियो । हुलियाको आधारमा अनुसन्धानका लागी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिए।
मोबाइल चोरी गरेको आरोप लगाए पनि उनको साथबाट मोबाइल बरामद नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले यसअघि पनि सेवाग्राहीको दुईवटा मोबाइल चोरेको आशंका प्रहरीले गरेको छ ।