आरनमा काम गरिरहेका कामीलाई स्याङ्जामा घनले हानेर हत्या

आरनमा काम गरिरहेका कामीलाई स्याङ्जामा घनले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ असोज २०८१
  • 4.7K
    Shares

पोखरा,१६ असोज २०८१।

आरनमा काम गरिरहेका एक जना शिल्पीको मंगलबार स्याङ्जामा हत्या भएको छ।

जिल्लाको हरिनास गाउँपालिका-४ बाङ्गेश्वाराका ५८ वर्षीय प्रेमबहादुर कामीलाई आरनमा काम गरिरहेका बेला मंगलबार हत्या भएको हो।

कामीलाई आरनमा काम गरिरहेका बखत कामीलाई स्थानीय ३२ वर्षीय सुरेश थापाले घनले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । घटना के कसरी भयो सो सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार