लिला पछाई पक्राउ परेपछि खुले, सुर्यदर्शन सहकारी ठगीका यस्ता रहस्यहरु

लिला पछाई पक्राउ परेपछि खुले, सुर्यदर्शन सहकारी ठगीका यस्ता रहस्यहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ असोज २०८१
  • 4.3K
    Shares

पोखरा,१६ असोज २०८१।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा मुख्य दोषी ठानिएका लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाई, तर उनको नाममा सहकारीबाट तीन करोड रकम गएको देख्यो प्रहरीले।

एउटा सामान्य कर्मचारीको खातामा असामान्य तरीकाले रकम गएको देखे पछि जिल्ला प्रहरी कार्यालय कास्कीले पछाईलाई बयानका लागि आइतबार प्रहरीमा बोलायो र सोधपुछ पछि पक्राउ गरेर हिरासतमा राखेको छ। जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको समाचार स्रोतको दाबी छ।

अभियुक्त पछाईबिरुद्ध जिल्ला अदालत कास्कीबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछाई पक्राउ परे पछि भने अनौठा-अनौठा रहस्यहरु खुलेका छन्। पछाई जिबीकी ‘प्रेमिका’ भएको प्रहरीले पत्तो पाएको छ भने उनको नाममा पोखरामा दुई वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो । पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार