नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक

नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ असोज २०८१
  • 3.2K
    Shares

पोखरा,११ असोज २०८१।

स्थानीय प्रशासनले आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ।

अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ ।

गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार