कास्कीको रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य चट्याङ लागेर घाइते

कास्कीको रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य चट्याङ लागेर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० असोज २०८१
  • 5.4K
    Shares

पोखरा,१० असोज २०८१।

कास्की जिल्लाको रुपा गाउँपालिकाकि कार्यपालिका सदस्य कृष्णकुमारी घर्ती चट्याङ लागेर घाइते भएकी छन् ।

रुपा ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा मंगलबार बिहान परेको चट्याङ लागेर पालिका सदस्य घर्ती घाइते भएकी हुन् । चट्याङले बायाँ हातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रोसिटी अस्पतालमा ल्याइएको थियो र उपचार पशचात उनी घर घर फर्किसकेकी छिन।
अहिले बाँयाहातले राम्रो काम नगरेको र शरीरको एक हर सहनै नसक्ने गरी पोल्ने गरेको घर्तीले बताइन् ।
रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार