निर्माणाधीन माथिल्लो काबेली बिद्युत आयोजनाको एक्साभेटर खोलामा डुब्यो

निर्माणाधीन माथिल्लो काबेली बिद्युत आयोजनाको एक्साभेटर खोलामा डुब्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ असोज २०८१
  • 5.8K
    Shares

पोखरा,७ असोज २०८१।

निर्माणाधीन माथिल्लो काबेली जल बिद्युत आयोजनाको एक्साभेटर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलामा डुबेको छ। काबेली खोलामा काम गरिरहेकै बेला बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको एक्साभेटर अनियन्त्रित भई खसेर डुबेको हो।

एक्साभेटर खसेर काबेली खोलामा डुबे पनि चालक २४ वर्षीय निकेश भट्टराई भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

प्रहरी निरीक्षक बस्नेतका अनुसार आइतबार साँझतिर एक्साभेटर खोलामा खसेको र निकाल्ने प्रयास भइरहेको छ। काबेली खोलाको पानी उपयोग गरी निर्माण गर्न लागिएको २८.८ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत आयोजना सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खे, वडा ७ खेबाङ र वडा ८ याम्फुदिन मुख्य प्रभावित क्षेत्र पर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार