पोखरा,६ असोज २०८१।
रामेछापमा आज भएको जिप दुर्घटनामा एक जना जनप्रतिनिधिको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्वरको बोलेरो आज दिउसो करिव १ बजे मन्थली नगरपालिका–५ सुनारपानीमा दुर्घटना हुँदा एक जना जनप्रतिनिधिको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेलेका अनुसार , उक्त दुर्घटनामा परेर मन्थली नगरपालिका वडा नम्वर ४ का वडा सदस्य ६० वर्षीया पदममाया नेपालीको घटनास्थलमै मृत्यु भएको हो । उनी मन्थली नगरपालिका–४ की दलित महिला सदस्य रहेको रामेछाप प्रहरीले जनाएको छ ।
सोहि दुर्घटनामा परेर बोलेरो चालक मन्थली नगरपालिका–४ का ४२ वर्षीय गुन कुमार थापामगर र सोही स्थानका ६९ वर्षीय दिलिप वरुवाल गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी मन्थलीकै ३४ वर्षीया सिता नेपाली, २५ वर्षीया सुजिता रसाईली, २५ वर्षीया सरिता नेपाली र उनकी ५ महिनाकी छोरा रोनिसा घाईते भएका छन् । उनीहरुको मन्थलीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ ।