चितवनको नारायणघाटमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु

चितवनको नारायणघाटमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ असोज २०८१
  • 13K
    Shares

पोखरा,५ असोज २०८१।

चितवनको नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गएराति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर-२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा नवलपुरको गैंडाकोट-५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र लमजुङको दुधपोखरी-६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार