बंगलादेश लैजादै गरिएका १९ वटा गाईगोरु बोकेको ट्रक दाउन्नेमा समातियो

बंगलादेश लैजादै गरिएका १९ वटा गाईगोरु बोकेको ट्रक दाउन्नेमा समातियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ असोज २०८१
  • 6K
    Shares

चोरी निकासी गर्दै गरिएको गाई

पोखरा,४ असोज २०८१।

पश्चिम नवलपरासीवाट पूर्वी नेपालको झापा हुदै बंगलादेश लैजादै गरिएका १९ चौपायासहित प्रहरीले दुई जनालाई नवलपरासीको दाउन्नेबाट समातेको छ ।

१५ वटा गाई र चारवटा गोरु मासु खाने प्रयोजनका लागि बिक्री गर्न बंगलादेश लैजादै गर्दा बोकेको ग प्र ०३००ख २२७० नम्बरको ट्रकका चालक र सहचालकलाई प्रहरीले समातेको हो।

पश्चिम नवलपरासीका बिभिन्न स्थानवाट खरिद गरेर महेन्द्रराजमार्गको पूर्वी नाका झापा हुदै बंगलादेश लैजान भनेर गाडिमा ल्याइएका १५ वटा जर्सी गाई र ४ वटा गोरु शुक्रवार दिउसो दाउन्नेमा उक्त ट्रकवाट बरामद गरिएको जिल्ला प्रहरी प्रमुख नरहरी रेग्मीले जानकारी दिए।

माथिल्लो तहसम्म सेटिंग मिलाउदै आएको गिरोहले चौपाय ओसार पसार गर्दै आएको पाइएको छ । पछिल्लो तिनवर्ष यता दांग , कपिलवस्तु, रुपन्देहि र पश्चिम नवलपरासीका प्रहरी प्रमुखसंग सेटिंग मिलाएर बिभिन्न स्थानमा खरिदगरिएको चौपाय माशुको प्रयोजनकालागि पूर्वी नाका हुदै बंगलादेश लैजाने गरेको पाइएको हो ।

ट्रक र चौपाय सेहार्ने मजदुर समेत पक्राउ परेका छन । चौपाय ओसार पसारगर्ने मुख्य ठेकेदार भने सधै उम्कीने गरेका छन । दांग , कपिलवस्तु, रुपन्देहि र पश्चिम नवलपरासीवाट प्रहरीको सेटिंगमै हरेक दिन ट्रकमा चौपाय ओसारपसार गरेको आरोप लाग्दै आएको छ ।

पूर्वी नवलपरासीले गत ७ महिनाको अबधिमा १४ वटा ट्रकमा ल्याइदै गरेका चौपाय समातेर भन्सार बुझाएको छ । जसमध्ये एउटा गाई र एउटा गोरु ट्रकमै मृत अवस्थामा फेला परेका थिए । पश्चिम नवलपरासीमा दश कठठा भन्ने स्थानवाट ति चौपाय शुक्रवार बिहान गाडिमा राखेर लैजादै गरेको अनुसन्धानवाट खुलेको छ ।

दाउन्नेमा समातिएको चौपाय बोकेको ग प्र ०३००ख २२७० नम्बरको ट्रक प्रहरीले शुक्रवार त्रिवेणीधामस्थित मठमन्दिरमा रहेका गौशालामा दिन भन्दै लगेकोमा लोकल जातका मात्र पाल्ने गैशालाले जर्सी गाई लिन इन्कार गरेको प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझीले बताए ।

१२ वटा चैपाय अटने सानो मिनि गाडिमा कोचाकोच गरेर १९ वटा बोकाएका कारण गाई मर्ने त्रासले प्रहरीले त्रिवेणीधामका मठमन्दिरमा लिन भन्दै त्यहा लगिएको प्रहरीको भनाई छ । चौपाय ओसारपसारमा माथिल्लो तहसम्म पहुच भएको ठुलै गिरोह संलग्न रहेको प्रहरीको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार