पोखरा,३ असोज २०८१।
आमाको किरिया गर्न नेपाल आएका एक युवक धान खेतमा मृत भेटिएका छन्। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुली बजारका २७ वर्षिय इश्वर पोखरेल बुधबार विहान विहान ७ बजे घरबाट ३ सय मिटरको दुरीमा धानखेतमा मृत अवस्थामा भेटिएका हुन ।
प्रहरीका अनुसार , बैदेशिक रोजगारीमा रहेका ईश्वर एक महिना अघि ५० वर्षिया आमा कल्पनाले आत्महत्या गरेको खबर पाए पछि उनी आमाको क्रिया गर्ने दुई साता अघि मात्र घर फर्केका थिए ।
अघिल्लो दिन साँझ मंगलवार विश्वकर्मा पूजाको अवसर पारेर गाउँमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ यूवाहरुको दुई समुह बीच झडप भएको स्थानीयहरु बताउँछन । यद्धपी झडपमा पोखरेलको संलग्नता भए–नभएको खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले पोखरेलको शव पोस्टमार्टमा लागी गजेन्द्र नारायण सिह अस्पताल पु¥याई घटना’दयगत सूक्ष्म अनुसन्धान भईरहेको बताए । केही दिन कै फरकमा आमा–छोराको रहस्यमय मृत्यु भएपछी आफन्तका साथै वडावासी पनि शोकमा डुबेका छन ।