पोखरा,३१ भदौ २०८१।
पाल्पामा शनिबार दिउसो दुर्घटनामा परेर मोटरसाइकलको पछाडी बस्ने व्यक्तिको मृत्यु भएपछि चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु ४८ प २६८७ नम्बरको मोटरसाइकल शनिबार दिउसो पाल्पाको तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल अनियन्त्रित भै दुर्घटना हुँदा स्याङजाको चापाकोट नगरपालिका ९ बस्ने ५३ वर्षीय कृष्णप्रसाद भट्टराईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ ।
भट्टराईको मृत्यु भए पछि अनुसन्धानको लागि भन्दै प्रहरीले उक्त मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रह्रेले जनाएको छ।