पर्बतका दाजुभाइले पोखरामा म्यानपावर किन तोडफोड गरे ?

पर्बतका दाजुभाइले पोखरामा म्यानपावर किन तोडफोड गरे ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ भाद्र २०८१
  • 17K
    Shares

पोखरा,३१ भदौ २०८१।

पर्बतका दाजुभाइले पोखरा महानगरपालिका वडा नम्बर ५ मा संचालित J.J.Human Resource Pvt.Ltd तोडफोड गरिदिएका छन्।

पर्बत जिल्लाको मोदी गाउपालिका वडा नं.६ का बर्ष ३३ का नरेश लामिछाने र उनकै वर्ष २४ को भाइ सुरेश लामिछानेले गत शुक्रबार दिउसो साढे तीन बजेको समयमा उक्त म्यानपावर तोडफोड गरिदिएका हुन्।

उनीहरुले उक्त म्यानपावर किन तोडफोड गरेका हुन् ? प्रहरीले कारण खुलाएको छैन। म्यानपावर कम्पनी संचालक होम  प्रसाद अधिकारीले आफ्नो कार्यालय तोडफोड गर्न आएका दुई दाजुभाइ मध्ये एकलाई अरब पठाएको तर त्यहाँ पनि रक्सी खाएर बबाल मच्चाएकाकारण कम्पनीले दुई महिनामै नेपाल फ़र्काइदिएको प्रमाण आफुसंग रहेको जिकिर गरे।  उनले अर्को भाइको विदेश जानका लागि भिसा आइ विदेश जाने आन्तिम तयारी चलिरहेको जानकारी दिए।  उनले यस्तो अवस्थामा आफ्नो कार्यालय तोडफोड हुनुलाई दु:खद  भएको बताए।

तर उनीहरुले मादक पदार्थ सेवन गरेर उक्त म्यानपावर तोडफोड गरेको प्रहरीले आरोप लगाएको छ। उनीहरुले सो कार्यालयको दुई थान ल्यापटप, प्रिन्टर एक थान,टेबल कुर्चि,आल्मोनियमको पाटेसन समेत तोडफोड गरेर क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई हाल वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको प्रहरीले जनाकारी दिएको छ। उनीहरुविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट पांच दिनको म्याद थप भै अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार