आज युरोको मूल्य घट्यो : पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार महँगिए

आज युरोको मूल्य घट्यो : पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार महँगिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ भाद्र २०८१
  • 8.2K
    Shares

पोखरा,३१ भदौ २०८१।

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको विनियमदर हिजो अस्तीकै यथावत छ।

युरोको मूल्य थोरै घटेको छ भने पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहितका केही विदेशी मुद्रा भने महँगिएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। हिजो र पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०१ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा थियो।

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ।

हिजो पनि साउदी रियाल यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ। हिजो पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ। हिजो पनि यूएई दिराम यही मूल्यमा कारोबार भएको थियो।

आज मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा कायम भएको छ। हिजो पनि मलेसियन रिङ्गेट यही मूल्यमा कारोबार भएको थियो।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा कायम भएको छ। हिजो पनि हङकङ डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९४ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८९ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९४ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९३ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया
सम्बन्धित समाचार