पोउवा संघको सदस्यमा बिजयीहरुले कति मत पाए ? हेर्नुस मतपरिणाम सुची

पोउवा संघको सदस्यमा बिजयीहरुले कति मत पाए ? हेर्नुस मतपरिणाम सुची


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० भाद्र २०८१
  • 3.5K
    Shares

पोखरा,३० भदौ २०८१।
पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फको मतगणना सकिएको छ ।

निर्वाचनबाट सदस्यमा ललितबहादुर कुँवर, देवेन्द्र प्रजू, सौगात थापा, दूधमान गुरुङ, भीम गौतम, टीकाराम सुवेदी, जीवनप्रकाश श्रेष्ठ, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी र यादवराज पोखरेल निर्वाचित भएका छन् ।

१० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रेमप्रसाद सुवेदी भने पराजित भएका छन् ।

अब पदाधिकारीतर्फको मतगणना सुरु गर्ने तयारी भएको छ । नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा दुईहजार दुईसय ५१ मत खसेको थियो ।

संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार