पोखरा,३० भदौ २०८१।
जापान भ्रमणमा रहेका पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ। पोखरा महानगरको भगिनी सम्बन्ध कायम भएको जापानको कोमागाने शहरको भ्रमण दलको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत थापाको गृह मन्त्रलाय वा मातहतको कार्यालयमा सरुवा भएको छ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीमा थापाको पनि रहेको छ।
पोखरा महानगरपालिकाको नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउदैछन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने काठमाण्डौ महानगरको नया प्रमुख कार्यकारी अधिकृतका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई सरुवा गरिएको छ ।
हेर्नुस ४० जना सहसचिवहरुको सरुवा सुची