भारतीय जेलबाट भागेका नेपाली युवामाथि भारतीय प्रहरीले हान्यो गोली : घाइते बनाएर पक्राउ

भारतीय जेलबाट भागेका नेपाली युवामाथि भारतीय प्रहरीले हान्यो गोली : घाइते बनाएर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० भाद्र २०८१
  • 9.5K
    Shares

भारतीय प्रहरीले गोली हानेर पक्राउ गरेका शंकरलाल चौधरी

पोखरा,३० भदौ २०८१।

भारतीय जेलबाट भागेका एक जना नेपाली युवालाई भारतीय प्रहरीले गोली हानेर पक्राउ गरेको छ। भारतीय भुमिस्थित वन क्षेत्रको बिनवलगाउँमा लुकिछिपी बसिरहेको अवस्थामा भारतीय प्रहरीले शनिबार नेपालस्थित कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका शंकरलाल चौधरीलाई गोली हानेर पक्राउ गरेको हो।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार , चौधरीले एक वर्ष अगाडी कोतवाली चम्पावत इलाकाको चोकी चाल्ची अन्तर्गत गाउँ धरमपुर क्षेत्रमा एक महिलालाई बलात्कार गरेका थिए। त्यसपछि सो सम्बन्धमा चम्पावत पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो।

सोही मुद्दामा पक्राउ परेका चौधरीलाई अदालतको आदेश बमोजिम लोहाघाट कारागारमा पठाइएको थियो।
तर उनी त्यहाँ त्यहाँबाट भागेका थिए।

उनी भागेपछि उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा वन क्षेत्रमा देखिएका थिए। त्यसपछि प्रहरी टोलीले उनलाई समात्न खोज्दा चौधरीले प्रहरी टोलीमाथि गोली चलाउन थालेको भारतीय प्रहरीको दाबी छ ।

त्यसपछि प्रहरी टोलीले आत्मरक्षाका लागि भन्दै उनलाई गोली हानेको थियो। उनको खुट्टामा गोली हानेर प्रहरीले उनलाई समातेको हो।

उनको साथबाट प्रहरीले एक थान अवैध देशी पेस्तोल, दुई थान खाली कारतूस पनि बरामद गरेको बताएको छ।

उनीमाथि समात्न आएको प्रहरी टोलीमाथि गोली प्रहार गरेको र अवैध हातहतियार राखेको अभियोग पनि लागेको छ। अहिले सो अभियोगको मुद्दा चम्पावतको रेठा साहिब प्रहरी चौकीमा दर्ता भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार