ताप्लेजुङमा पहिरो पन्छाउदै गर्दा गाडीभित्रै बसिरहेकी महिलाको पहिरोसँगै आएको ढुङगाले लाग्दा मृत्यु

ताप्लेजुङमा पहिरो पन्छाउदै गर्दा गाडीभित्रै बसिरहेकी महिलाको पहिरोसँगै आएको ढुङगाले लाग्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० भाद्र २०८१
  • 3.5K
    Shares

पोखरा,३० भदौ २०८१।

ताप्लेजुङमा पहिरोसँगै आएको ढुङगाले लाग्दा एक महिलाको मृत्यु भएको छ भने एउटा बोलेरो जिपमा क्षति पुगेको छ।

सदरमुकाम फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेर घाइते भएकी महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

प्रहरी निरिक्षक बस्नेतका अनुसार, तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका ३ खेसेवामा पहिरोले सडक सामान्य अबरुद्ध गरेपछि पन्छाउन चालकसहित यात्रुहरु बाहिर निस्किएका थिए । मृतक गुरुङ भने गाडी भित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङगाले लागेर टाउकोमा गम्भिर चोट लागेको थियो । गाडीमा सवार अन्य यात्रुहरु भने सकुसल रहेको तर गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार