पोखरा,२९ भदौ २०८१।
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा शुक्रबार साँझ खसेको बोलेरो जिपमा सवार एक महिलाको शब् आज फेला परेको छ।
शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा ती महिलाको शब भेटिएको हो। नदीको किनारमा रहेको ढुंगाको कापमा भेटिएको उक्त शब सुन्तली तामाङ नाम गरेकी महिलाको भएको जिल्ला सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईदिए। उनका ससुरा धनबहादुर तामाङले त्यसलाई सनाखत गरेका प्रहरीले बताएको छ ।
उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन्। सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार बोलेरो गाडी निकालिएको थियो।