दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले झापामा गरिन् देहत्याग

दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले झापामा गरिन् देहत्याग


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ भाद्र २०८१
  • 8.3K
    Shares

पोखरा,२९ भदौ २०८१।

झापाको बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् ।
छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल लिम्बूले राति ८ः४५बजे झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले कोठाको सिलिङमा रहेको फलामको रडमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विगत तीन महिनादेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन् । दिदी भिनाजुबीच झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कोपिलाका श्रीमान कारागारमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार