त्रिभुवन विमानस्थलबाट एककिलो दुईसय ६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट एककिलो दुईसय ६० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 8.3K
    Shares

पोखरा,२८ भदौ २०८१।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट एककिलो दुईसय ६० ग्राम सुन बरामद भएको छ।

विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले आगन्तुकको ब्यागेज पुनः चेकजाँच गर्ने क्रममा एककिलो दुईसय ६०ग्राम (प्याकेज सहित) सुन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त सुनसहित थाइ एयर मार्फत बैंककबाट आएकी वर्ष ३७ की भारतीय नागरिक सुमित्रा देवी लक्ष्मण रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्ध तरल अवस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा सो पदार्थ बरामद भएको हो।

उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरी बृत्तमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार