भोटेकोशीमा खसेको गाडी भेटियो, यात्रु भेटिएनन्

भोटेकोशीमा खसेको गाडी भेटियो, यात्रु भेटिएनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 8.4K
    Shares

पोखरा,२८ भदौ २०८१।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको बा२०च २१८५ नम्बरको बोलेरो गाडी भेटिएको छ।

क्रेनको सहयोगबाट खोज्नेक्रममा नदीमा खसेको उक्त गाडी भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।

गाडी कसले चलाएको, यो गाडी कसको हो,गाडीमा मान्छे नभेटिएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

शुक्रबार दिउँसो मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए। त्यसलगत्तै प्रहरीले भोटेकोसीको भेलामा गाडी खोजी सुरु गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार