देउता पुकार्दा पुकार्दै देउताको प्यारो बनिन् : पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा

देउता पुकार्दा पुकार्दै देउताको प्यारो बनिन् : पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 4.2K
    Shares

पोखरा,२८ भदौ २०८१।


उनको मनोकांक्षा के के थिए, थाहा छैन। उनले आफ्ना मनोकांक्षा पूरा होस् भनेर धेरै देवी देवतालाई पुकारिन् , पुजा गरिन्, ढोगिन् पनि । तर उनको मनोकांक्षा कहिल्यै पूरा भएनन्। उनी आफ्ना मनोकांक्षा पूरा नभएकामा सार्है चिन्तित थिइन्।

हो दर्शकवृन्द ! बागलुङ् जिल्लाको गल्कोटमा आज बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्युवरण गरेकी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाको मनोकांक्षा अब कहिल्यै पूरा हुने छैनन् । उनी, आफ्नी ६१ वर्षीया आमा गोपीमाया बुढा र सोही पालिकाको वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीसमेतले यस सांसारिक माया – मोहको जालो च्यातेर तिनै देवताको प्यारो भएका छन्।

“आमा शब्द नै कति महान छ।हजुरलाई स्वास्थ्यलाभको कामना आमा।” भनेर दुइ दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा स्टाटस राखेकी गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगर आफ्नी तिनै जन्म दिने आमा र एक जना वडाध्यक्षलाई साथमा लिएर यस संसारबाट अलप भएकी छिन।

आफ्नी बिरामी आमा गोपीमायालाई काठमाण्डौ पुर्याई उपचार गरेर गाउन्पालिकाले दिएको सरकारी सुबिधाको बोल्रो जिप चढेर घर फर्कदै थिइन्, उनी। घर फर्कदै गर्दा आफ्नै गाउपालिकका सहकर्मी वडाध्य्क्ष जसबहादुर श्रीपाली पनि आफु सवार रा १ झ २०० नम्बरको बोलेरो जिपमा घर आउन तयार भए। उनीहरु सबै संगै घर फर्कंदै थिए।

तर त्यो बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं – २, भुङ्खानीमा दुर्घटनाग्रस्त हुन पुग्यो। त्यही दुर्घटनामा उनीहरु तिनै जनाको घटनास्थलमै निधन भयो भने चालक प्रेम पुन घाइते छन् । उनको अहिले बागलुङ्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार