तनहुँमा बोलेरो जीपको ठक्करबाट गएराती दुई वर्षीया बालिकाको मृत्यु

तनहुँमा बोलेरो जीपको ठक्करबाट गएराती दुई वर्षीया बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ भाद्र २०८१
  • 25.1K
    Shares

बोएरो जिपद्वारा स्कुटरलाई ठक्कर

पोखरा,२७ भदौ २०८१।

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जीपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । ठक्करबाट दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जीपले पैदलयात्री श्रेष्ठलाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जीप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार