स्विमिङ पुलमा डुबेर पोखरामा एक भारतीय नागरिकको मृत्यु

स्विमिङ पुलमा डुबेर पोखरामा एक भारतीय नागरिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ भाद्र २०८१
  • 50.7K
    Shares

पोखरा,२६ भदौ २०८१।

पोखरा मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

देवान पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।

स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सिंहको शव पोष्टमार्टम पछि उनका बुवा रुकमेन्द्र प्रताप सिंहले बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार