पोखरामा एक व्यक्तिले आफनी श्रीमतीको खुकुरीले हानेर बिभत्स तरीकाले हत्या गरेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ८ बगालेले टोलमा जरसिंह कुँवरले आफ्नै ४५ वर्षीय श्रीमती राधिका कुँवरलाई खुकुरीले हानेर बिभत्स तरीकाले हत्या गरेका हुन्।
सधैं जसो आपसी झैं – झगडा गरिरहने जरसिंहले छोरालाई स्कुल पुर्याएर आएपछि श्रीमतीको खुकुरीले हानेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन्।
त्यसो त केही दिन अघि मात्र उनीहरुका बीच प्रहरी कार्यालयमा गएर मिलापत्र भएको थियो। तर आज उनैले श्रीमतीको खुकुरीले छप्काएर अर्को कोठामा गइ चुपचाप लागेर बसेको अवस्थामा प्रहरीले उनलाई समातेर प्रहरी हिरासतमा राखेको छ।
हुन त जरसिंहले रक्सी खान छाडेको पनि धेरै भएको थियो। तैपनि श्रीमान – श्रीमती बीच झगडा हुन छाडेको थिएन। झगडा हुँदा सम्बन्ध बिच्छेद गर्ने सम्मको बिबाद हुने गरेको उनका छिमेकीहरु बताउछन।
प्रहरीले श्रीमती राधिका कुँवरको हत्या गरेको आरोपमा जरसिंहलेलाई पक्राउ गरेर आबश्यक अनुसन्धान कारबाही शुरु गरिएको जनाएको छ।