अबैध लागू औषध पोखरातिर ल्याउदै गर्दा बाग्लुङका युवा समातिए

अबैध लागू औषध पोखरातिर ल्याउदै गर्दा बाग्लुङका युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ भाद्र २०८१
  • 4.5K
    Shares

पोखरा,२६ भदौ २०८१।

अबैध लागू औषध पोखरातिर ल्याउदै गर्दा बाग्लुङका युवा पोखरामा समातिएका छन्। अबैध लागू औषध लिएर बसमा पोखरा आउंदै गरेका बागलुङ नगरपालिका वडा नं. ७ बस्ने वर्ष १९ को सबिन गैरे क्षेत्रीलाई प्रहरीले पोखरा ३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट समातिएका हुन्।

वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले गएको सोमबार साँझ पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा बसमा पोखरा आउंदै गरेका गैरेलाई लागू औषध NITRABEPAM ५८ ट्याबलेट, ट्रामाडोल १० ट्याबलेट र AANTIKOF ३ ट्याबलेट लागू औषध सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त गैरेबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार