आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ललितपुरबाट एक जना युवा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ललितपुरबाट एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ भाद्र २०८१
  • 4.6K
    Shares

मृत महिला, dead woman

काठमाडौं,२५ भदौ २०८१।

ललितपुरको धापाखेलबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका – ७ घर भइ ललितपुर महानगरपलिका – २४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राईको हत्या गरेको आरोप्मना उनका श्रीमान् ३३ वर्षीय भक्तिराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार , शशिकला गएको भदौ १२ गते राति ललितपुरको धापाखेल नखुडोलस्थित आफ्नै डेराकोठाको ओछ्यानमा मृत भेटिएकी थिइन्। उनी आफ्नै ओछ्यानमा मृत भेटिएको खबर आफन्तले प्रहरीलाई गरे पछि प्रहरी घटनास्थलमा पुगेको थियो।

घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरि शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘पत्नी हत्या अभियोगमा भक्तिराजलाई पक्राउ गरि कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ,’ सुवेदीले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार