जुम्लामा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु

जुम्लामा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ भाद्र २०८१
  • 4.4K
    Shares

जुम्लामा आगलागी

काठमाडौं,२५ भदौ २०८१।

जुम्लामा सोमबार साँझ आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको तातोपानी गाउँपालिका–७ ताम्ती गाउँस्थित काठ र त्रिपालले बनाइएको अस्थायी टहरामा आगलागी हुँदा स्थानीय कालीबहादुर रावतकी तीन वर्षीया छोरी आरोसी रावतको मृत्यु भएको हो।

प्रहरीका अनुसार , सोमबार साँझ ५:२० बजेतिर मिलढुस्का भन्ने ठाउँमा काठ र त्रिपालले बनाइएको अस्थायी टहरामा खाना पकाउने क्रममा आगलागी भएको थियो।

आगलागीको खबर पाए पछि तत्काल प्रहरी चौकी ताम्तीका प्रहरी सहायक निरीक्षक मदन सिंह बोहराको नेतृत्वमा चार जना प्रहरीको टोली आगलागी निभाउन पुगेको थियो। त्यसको साथमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सूचना अधिकारी मेश बहादुर चन्दको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिका जलेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार