पोखरा,२४ भदौ २०८१ ।
डोटीमा ७५ वर्षीय वृद्धको हत्या गरेको आशंकामा एक जना युवा पक्राउ परेका छन्।
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अन्दाजी ७५ वर्षीया कालु सिंह बिष्टको
हत्या गरेको आशंकामा सिलगढीका अन्दाजी २२ वर्षीय सरोवर श्रेष्ठ परेका हुन्।
प्रहरीका अनुसार , तीन दिनदेखि सम्पर्कबिहिन बनेका बृद्ध बिष्ट विहीबार आफ्नै घरभित्र कोठामा मृत अवस्थामा फेला परेको थिए । घरको बाहिर ढोकामा ताल्चा लगाइएको तर भित्र कोठामा बिष्ट मृत भेटिए पछि प्रहरीले उनको हत्या गरेको आशंका गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसङ्गको समन्वय र जिल्ला प्रहरी कार्यालय कैलाली समेतको सहयोगमा शंकास्पद व्यक्ति श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।