पोखरा,२४ भदौ २०८१ ।
पोखराका १० वटा सामुदायिक बिध्यालयहरुमा नि:शुल्क चिनियाँ भाषा पढाउने अन्तिम तयारी भएको छ।
भदौ २७ गतेदेखि पोखराका १० वटा सामुदायिक बिध्यालयहरुमा नि:शुल्क चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक पोखरा आएका छन्।
चिनिया दुताबास र पोखरा महानगरपालिका बिच भएको सम्झौता बमोजिम १० वटा सामुदायिक बिध्यालयहरुमा नि:शुल्क चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक पोखरा आएका पोखरा महानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।
पहिलो चरणमा पार्दी माध्यमिक बिधालय पार्दी , बालमन्दिर माध्यमिक बिद्यालय नदिपुर, जनप्रकाश माध्यमिक बिधालय भण्डारढिक, छोरेपाटन माध्यमिक बिधालय , लक्ष्मी आदर्श माध्यमिक बिधालय सिसुवा
,गौरीशंकर माध्यमिक बिधालय हेम्जा, बिष्णु पादुका माध्यमिक बिधालय हेम्जा, रास्ट्रिय माध्यमिक बिधालय टुडिखेल, लक्ष्मी माध्यमिक बिधालय अर्घौ र जनप्रिय माध्यमिक बिधालय सिमलचौरमा एक वर्षसम्म नि : शुल्क चिनियाँ भाषा प्रशिक्षण हुने प्राप्त समाचारमा जनाइएको छ।
मातृभाषा बाहेक थप भाषाको ज्ञानले भबिष्यमा ब्यक्तिगत रुपमा सँगै पर्यटन प्रबर्द्धनमा समेत बिशेष सहयोग पुग्ने बिश्वास पोखरा महानगरपालिकाले लिएको छ।