पोखरा,२३ भदौ २०८१ ।
अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेको मिनी ट्रकलाई प्रहरीले समातेको छ। पोखरा महानगरपालिका वडा नं.०९ शान्तिवन स्थित सेती नदिबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिएको ग १ ख ३३९४ नम्बरको मिनी ट्रकलाइ प्रहरीले समातेको हो।
वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलीले समातेको उक्त मिनिट्रक कारबाहीका लाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाईएको प्रहरीले जनाएको छ।