प्रेमिका परपुरुषसंग प्रेम सम्बन्धमा रहेको आशंकामा काठमाण्डौको सुन्दरीजलमा प्रेमिकाको बिभत्स हत्या : फुपाजु – भदाह पक्राउ

प्रेमिका परपुरुषसंग प्रेम सम्बन्धमा रहेको आशंकामा काठमाण्डौको सुन्दरीजलमा प्रेमिकाको बिभत्स हत्या : फुपाजु – भदाह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ भाद्र २०८१
  • 5.6K
    Shares

पोखरा,२३ भदौ २०८१ ।

सर्लाहीका एक व्यक्तिले शंकैशंकामा आफ्नी प्रेमिकालाई काठमाण्डौको सुन्दरीजलमा लगेर बिभत्स तरीकाले हत्या गरेको खुलेको छ।

दुई वर्षदेखिको आफ्नो प्रेमिका सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको अन्य पुरुषसंग पनि प्रेम सम्बन्ध रहेको आशंकामा सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महराले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा लगेर बिभत्स तरीकाले हत्या गरेको खुलेको हो। रामविनय महरा पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन्।

सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव गत बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र भेटिएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले उनको हत्या उनकै प्रेमी समेत रहेका रामविनय महराले भदाह नाता पर्ने सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महराको सहयोगमा हत्या गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले फुपाजु रामविनय महरा र भदाह सन्तोष राम महरा दुवै जनालाई पक्राउ गरिएको बताएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। तर रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।

दुवैजना मिलेर राम दुलारीलाई सुन्दरीजल लगेको र उचाइँबाट धकेली घाइते अवस्थामा हुँदा दुवैजनाले पालैपालो ढुंगाले टाउकोमा पटकपटक प्रहार गरी हत्या गरेको खुलेको एसपी अधिकारीले जानकारी दिए।

तर घटनाको विस्तृत अनुसन्धान जारी रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार