पोखरा,२३ भदौ २०८१ ।
मुग्लिन-नारायणगढ सडक खण्डकाे भरतपुर महानगरपालिकाको जुगेडीमा ट्रक र स्कुटर गएराती एकापसमा ठोक्किंदा तनहुँ घांसीकुवा घर भएका स्कुटर चालक युवाको मृत्यु भएको छ।
नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेकाे ना ८ ख ५९६१ नम्बरकाे ट्रक र विपरित दिशाबाट जादै गरेकाे बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरकाे स्कुटर गएराति नौ बजे ठक्कर खादा स्कुटर चालक घासीकुँवा तनहुँका वर्ष ३६ का कृष्ण बहादुर थापाकाे उपचारकाे क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ ।