पहिरोमा पुरिएर डोटीमा माइत हिडेकी महिलाको मृत्यु, नातिनी घाइते

पहिरोमा पुरिएर डोटीमा माइत हिडेकी महिलाको मृत्यु, नातिनी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ भाद्र २०८१
  • 4.5K
    Shares

पोखरा,२३ भदौ २०८१ ।

पहिरोमा पुरिएर डोटीमा माइत हिडेकी एक महिलाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका–३ निवासी ६१ वर्षीया कौमतीदेवी ऐरको पहिरोमा पुरिएर मृत्यु भएको हो।

माइत हिडेकी ऐरलाई आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोले पुरेको प्रहरीले जानकारी दिएको छ। उनीसंगै मामा घर हिडेका कौमतीदेवीको नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार