पोखरा,२२ भदौ २०८१ ।
नवलपुरको गैडाकोटमा गएराति बसको ठक्करबाट नाति-हजुरआमाको मृत्यु भएको छ।
गैडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ग ७ ख २५२५ नम्बरको बसले गैडाकोट १० भैसाखोरीमा पैदलयात्रीलाई ठक्कर दिँदा गैडाकोट ११ निवासी ५५ वर्षीया श्रीमाया मानन्धर र ७ वर्षीय नाति विशाल श्रेष्ठको मृत्यु भएको हो।
बसको ठक्करबाट विशाल श्रेष्ठको घटनास्थलमै र बालकका मामाघरकी हजुरआमा, स्याङ्जा जिल्ला निवासी ५५ वर्षीया श्रीमाया मानन्धरको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
दुर्घटनापश्चात अनुसन्धान कारबाहीका लागि बसचालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।