पार्किङ्ग गरिएको पिकअप भ्यान तोडफोड गरेको आरोपमा पोख्हराबात दुई युवा समातिएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १७ चोरसाँघु नजिक पार्किङ्ग गरिराखिएको ग १ च १७२६ नम्बरको पिक अप भ्यान बिहिबार राती करीब साढे नौ बजेको समयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना युवालाई समातेको हो।
उक्त आरोपमा स्याङ्जाको आधिखोला गाउपालिक वडा नं.६ बस्ने २१ वर्षीय सुनिल सार्की र सोहि गाउन्पालिकाको वडा न ३ बस्ने २१ वर्षकै सुमित परियारलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ। उनीहरुले भ्यानका मालिक चित्र बहादुर सार्की समेतलाई अपशब्द प्रयोग गरेको प्रहरीको दाबी छ।
पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र ब्यबहार सम्बन्धी कसुर अपराधमा पांच दिनको म्याद थप भै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।