पोखरा,२१ भदौ २०८१ ।
ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ।
किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले उक्त रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन् । उनीहरुलाई रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए । ब्युरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।