पोखरा,२० भदौ २०८१ ।
मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिदा पोखरामा एक युवाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित सडकमा ग१५प ३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिदा पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर घर भै हाल पोखरा १७ घारीपाटन बस्ने २० वर्षीय विश्वास विकको मृत्यु भएको हो।
बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका बिकलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।